नागरिक उन्मुक्ति पार्टीद्वारा आन्दोलनको घोषणा – The kathmandu news

नागरिक उन्मुक्ति पार्टीद्वारा आन्दोलनको घोषणा

रेशम चौधरीको रिहाइको माग गर्दै नागरिक उन्मुक्ति पार्टीद्वारा आन्दोलनको घोषणा

नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी रिहा नभएसम्म नेपाल बन्दसम्मको घोषणा गर्ने चेतावनी दिएको छ । सो पार्टीले आज पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनको घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमार्फत विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गर्दै सो पार्टीले कोणसभा र प्रदर्शनबाट माग पुरा नभए नेपाल बन्दसम्मको कार्यक्रम ल्याउने घोषणा गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी रेशम चौधरीलगायत टीकापुर घटनामा मुछिएर जेलमा रहेकालाई रिहा गर्न माग गरे ।

यी माग पुरा नभए नेपाल बन्द सम्मका कार्यक्रम ल्याइने बताउँदै उनले पाँच गतेसम्म देशैभरि कोणसभा तथा विरोध प्रदर्शनका कार्यक्रम गर्ने बताए । त्यसपछि पनि माग पुरा नभए जेठ ६ गतेदेखि नेपाल बन्द कार्यक्रम ल्याउने चेतावनी उनले दिए । यो अदालती मुद्दा नभई राजनीतिक मुद्दा भएकाले सरकारले तत्काल लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा पण्डितले जोड दिए ।

पार्टीले सर्वोच्च अदालतको निर्णयको विरोधमा आन्दोलन गर्ने घोषणा गरे पनि जेलमा रहेका चौधरीले भने एक विज्ञप्ति जारी गरी अदालतको निर्णय स्वीकार गरेका छन् ।

how to get a free mymathlab access code Discounts: The Academic Papers UK Provides Best Promos for Customers Oxbridgedissertationhelp.co.uk Discount Code HomeWorkFor.Me Discount Promo Codes Up to 40% WriteMyEssay.ca Promo Codes paperhelp discount code The issue with assignment writing Coupons is that there are so website that does your homework AssignmentGeek.com Coupon AssignmentUK.co.uk Coupon Promo Codes pay to write papers Paper-Writer.org Coupon geekandsundry promo code 5.1 Promo Codes Available proessaywriting.com discount code GetGoodGrade.com promo code Ukessays.com Coupon Code premieressay promo code