केपी ओलीको प्रश्न :ललिता निवास ,ओम्नी खरिद , वाइड बडी , क्यान्टोनमेन्ट लगायतका काण्डको छानबिन गर्न कसले रोक्यो – The kathmandu news

केपी ओलीको प्रश्न :ललिता निवास ,ओम्नी खरिद , वाइड बडी , क्यान्टोनमेन्ट लगायतका काण्डको छानबिन गर्न कसले रोक्यो

केपी ओलीको प्रश्न :ललिता निवास काण्ड,ओम्नी खरिद काण्ड, वाइड बडी काण्ड, क्यान्टोनमेन्ट काण्ड लगायतका काण्डको छानबिन गर्न कसले रोक्यो

प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भष्ट्राचारीमाथि छानबिन गरी कारबाही गरिनेछ भन्ने कुराको कटाक्ष गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले भ्रष्टाचार भएका सबै विवादित काण्डहरूको छानबिन गर्न सरकारलाई चुनौती दिए ।

उनले भने– ‘सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता भनेको छ तर बालुवाटारको ललिता निवास काण्ड, मातातीर्थको जग्गा काण्ड, सर्दु जलाधार क्षेत्रको सट्टाभर्ना काण्ड, धोवीखोला जग्गा काण्ड, तथाकथित ओम्नी खरिद काण्ड, वाइड बडी काण्ड, क्यान्टोनमेन्ट काण्ड लगायतका विषयहरूमा जो विवादित छन्, अनुसन्धान र मुद्दा दायर गर्ने कार्य यथाशीघ्र गरिनेछ भन्न यो सरकारलाई कसले रोक्यो ? किन नगर्ने हो ?’

अध्यक्ष ओलीले अगाडि भने– ‘हामी भ्रष्टाचार यो समयको र उ समयको, यसले गरेको र त्यसले गरेको भन्दैनौँ । भ्रष्टाचार भ्रष्टाचार नै हो । यसको पद, जात, लिङ्ग र समय हुँदैन । इतिहासको जुनसुकै कालखण्डमा जो सुकैले गरेको भ्रष्ट्राचार छानबिनको दायरामा ल्याइनुपर्छ । सयौँ वर्षपछि पनि गलत कार्यको स्वीकारोक्ति, क्षतिपूर्ति र सजाय भइरहेका धेरै उदाहरण हामी विभिन्न देशमा भइरहेको देख्न सक्छौँ । यो सरकारले ढाकछोप गरेर इतिहासको विस्मृतिमा राखेर उन्मुक्त हुन खोजे पनि नेपाली जनताले छोड्ने छैनन् ।’ एक छिन भ्रष्ट्राचार ढाकछोप गरे पनि त्यसको असर फेरि फर्केर आउने उनको भनाई थियो

Discount Coupon Assignmentconsultancy.com Promo Code free research essays Discount Code EssayTools.com Promo NinjaEssays Promo Code professional essay writing service EssayExpers Discount Promo Codes Up to 40% pay for paper writing grademiners promo codes AnAssignmentHelp.com coupon code