पूर्व गृहमन्त्री समेत रहेका रवि बिरुद्ध सर्बोच्च अदालतमा फेरि अर्को मुद्दा दर्ता

0 Shares

सर्वोच्चले नै लामिछानेको सांसद योग्यता सम्बन्धी रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । बैशाख १० को उपनिर्वाचनमा लामिछाने सांसद पदका लागि अयोग्य रहेको भन्दै पेस भएको रिट दरपीठ गर्ने रजिस्ट्रारको निर्णय बदर गर्दै सर्वोच्चले दर्ता गर्न आदेश गरेको हो ।

सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले रजिस्ट्रारको निर्णय बदर गर्दै रिट दर्ता हुने र न्यायिक निरूपण हुने आदेश गरेको हो ।

युवराज पौडेलले गत वैशाख २५ मा पेस गरेको रिटलाई सर्वोच्चका रजिस्ट्रारले २८ गते दरपीठ गरिदिएका थिए । रजिस्ट्रारको दरपीठ गर्ने निर्णयविरुद्ध पौडेलले इजलासमा निबेदन दिएका थिए ।

उक्त निवेदनमाथि आदेश दिँदै सर्वोच्चले भनेको छ, ’निवेदनमा उठाएको विषयवस्तुको प्रकृति हेर्दा इजलासबाटै व्याख्या भई निरुपण हुनुपर्ने संबैधानिक र कानुनी प्रश्न निहीत रहेको देखिँदा यस अदालतको रजिस्ट्रारबाट मिति २०८०÷०१÷२८ मा भएको दरपीठ आदेश बदर गरिदिएको छ ।’

यसअघि सर्वोच्चमैं लामिछानेविरुद्ध नक्कली पासपोर्टको मुद्दा विचाराधिन छ ।

 

सम्बन्धित समाचार

सबै