नेपाल एयरलाइन्सको बिमान उड्यो ओमान

0 Shares

अक्सिजन सिलिण्डर लिन नेपाल एयरलाइन्सको बिमान ओमान उडेको छ ।

गैरआबासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त हुने करिब छौ सय ‌(६००) थान अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको बिमान ओमान उडेको हो ।

आज बिहान साढे ७ बजे उडेको उक्त बिमान शनिबार साँझ ६ः४० मा नेपाल अबतरण हुने छ ।

शनिवार साँझमा नै चीनको बेईजिङमाको लागि पनि उडान भर्ने छ ।बेइजिङमा करिब  चार सय(४००) थान अक्सिजन कन्सर्नटेटर, चार सय (४०० )थान सिलिन्डर र अन्य चिकित्सा सामग्री लिनको लागि बिमान पठाउन लागिएको पौडेलले जानकारी दिए ।

जहाज राति ११ बजे बेइजिङ उड्ने एयरलाइन्सले जनाएको छ ।त्यसपछि हरेक दिन ५५० थान सिलिन्डर उत्पादन हुने भएकोले एयरलाइन्सले हरेक दिन नै ए ३३० विमान बेइजिङ पठाउने तयारी गरेको छ ।

सम्बन्धित समाचार

सबै