निजामती कर्मचारी अस्पताल १५० बेडको कोभिड मा रूपान्तरण हुने भएको छ।

0 Shares

निजामती कर्मचारी अस्पताल १५० बेडको कोभिड अस्पतालमा रुपान्तरण हुने भएको छ ।                                                                                                 शुक्रबार वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय र अस्पतालबीच उक्त सम्झौता भएको हो ।

सम्झौतामा मन्त्रालयको तर्फबाट वरिष्ठ स्वास्थ्य प्रशासक डा। अर्जुनप्रसाद सापकोटा र अस्पताको तर्फबाट कार्यकोरी निर्देशक डा. विद्यानिधि पौडेलले हस्ताक्षर गरेका छन् ।

साथै अस्पतालले नियमित तोकिएको ढाँचामा बिरामीको दैनिक अवस्थालाई बिश्लेषण गरेर मन्त्रालयको स्वास्थ्य कार्यालय काठमाडौंलाई प्रतिबदन पेस गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौता अनुसार अस्पतालमा कोभिडका बिरामीहरुलाई उपचार गराउनको लागि दुई करोड २४ लाख ५० हजार रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । सो रकम अख्तियारीमा उल्लेख भए अनुसार अस्पतालले गर्ने भएको छ

१५० शय्याको अस्पताल सञ्चालनको लागि आवश्यक पर्ने आर्थिक, भौतिक (औषधि, उपकरण, भवन आदि) जनशक्ति लगायतको व्यवस्था अस्पताल स्वयंले गर्नुपर्नेछ ।arcsfl

यो सम्झौता शुक्रवारदेखि नै लागु भएको  निजामती कर्मचारी अस्पतालले जनाएको छ ।

सम्बन्धित समाचार

सबै