काठमाडौंबाट पोखरा हुँदै म्याग्दी बेनी जाँदै गरेको बस धादिङको गजुरीमा दुर्घटना

0 Shares

काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

धादिङका जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा ८ जनाको मृत्यु भएको हो ।

घाइते ८ जनाको उद्धार भएको छ ।

गजुरी गाउँपालिकाका उपाध्यक्ष शर्मिला बिसुरालले घाइते पाँच जनालाई काठमाडौं पठाइएको बताइन् ।

‘गजुरीको छहरानजिकैबाट त्रिशूलीमा बस खसेको हो। बसको आधा भाग पानीमा डुबेको अवस्थामा छ । घाइतेहरूको उद्धार गरी, गजुरी स्वास्थ्य चौकी, गजुरी अस्पताल र राजमार्ग अस्पतालमा उपचार भइरहेको छ । गजुरी अस्पतालमा उचार सम्भव नभएका ५ जनालाई काठमाडौं पठाइएको छ,’ उनले भनिन् ।

 

सम्बन्धित समाचार

सबै