कोशी प्रदेश सरकारविरुद्ध नेकपा एमाले सर्बोच्च जाने – The kathmandu news

कोशी प्रदेश सरकारविरुद्ध नेकपा एमाले सर्बोच्च जाने

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानविपरीत प्रदेशसभाबाट विश्वासको मत लिएको भन्दै नेकपा एमालेले आज सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने जनाएको छ । मुख्यमन्त्री थापाले जबर्जस्ती विश्वासको मत पाएको घोषणा गरिएको भन्दै एमाले अदालत जान लागेको हो ।

एमाले कोशी प्रदेश संसदीय दलका उपनेता राम रानाले आजै अदालत जाने बताए । ‘संसद पनि चल्छ, हामी अदालच पनि जान्छौं’, रानाले भने । प्रदेशसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

हिजो विराटनगरमा प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटीको प्रथम साधारणसभामा बोल्दै एमाले संसदीय दलका नेता हिक्मत कार्कीले एमालेसँग अदालत जानुबाहेक अर्को विकल्प नभएको बताएका थिए ।

प्रदेशसभाकी सभामुखले सभा छलेर हिँडेपछि र अध्यक्ष मण्डलमा रहेका एमाले र राप्रपाका जेष्ठ सदस्य बैठकमा नआएपछि सोमबार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक अध्यक्ष मण्डलमा रहेका कांग्रेस सांसद इस्राइल मन्सुरीले सञ्चालन गरेका थिए ।

मन्सुरीले विश्वासको मत लिने बैठक सञ्चालन गरेर मतदानको प्रक्रिया अन्तिम चरणमा पुगेका बेला अध्यक्षको आसनमा अध्यक्ष मण्डलमा रहेकी गिता तिम्सिनालाई बोलाएर आफूले मतदान गरेका थिए ।

मन्सुरी समेतको मतको आधारमा मुख्यमन्त्री थापाले ४७ मत प्राप्त गरि प्रदेशसभामा विश्वसको मत पाएका थिए भने विपक्षमा ३० मत परेको थियो । सभाध्यक्षको मतदानबाट विश्वासको मत पाएको भन्दै त्यसविरुद्ध एमाले अदालत जान लागेको हो ।

writting help get resume made Dissertationhomework.net Coupon Code Link to coupon 2.09 discounts I received a poorly-written assignment that needs a revision and maybe not only one. I hoped you could do better. Paperell Discount Promo Codes Up to 40% GetWritings.com coupon code need an essay written for me Promo Codes EssayShark Promo Code, Coupons, Discount Codes and Review Samedaypapers.com Discount With so many British writing Coupons out there 2023 discounts of LetUsDoTheHomework.com ResearchProspect.com promo code EssayExpers Discount Promo Codes Up to 40% Skillroads.com Promo code 2023 2.7 Promo Codes Available Writingcities.net Discount Code paper help discount code