एमालेका अध्यक्ष केपी शर्मा ओली र माधव नेपालको विबाद समाधान गर्न कार्यदल गठन गर्ने सहमति – The kathmandu news

एमालेका अध्यक्ष केपी शर्मा ओली र माधव नेपालको विबाद समाधान गर्न कार्यदल गठन गर्ने सहमति

नेकपा एमाले दलभित्र देखिएको बिवाद समाधान गर्न कार्यदल गठन गर्ने सहमति गरेका छन् ।

नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र बष्ठि नेता माधव नेपाल पक्षबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफलमा दलभित्र देखिएको बिवाद समाधान गर्नका लागि कार्यदल गठन गर्ने सहमति भएको हो ।

बैठकपछि पत्रकार संँग कुरा गर्दै एमालेका नेता भीमबहादुर रावलले एकता कायम राखी दललाई अगाडि बढाउन गम्भीर छलफल भएको बताए ।

‘२०७५ जेठ ३ गतेभन्दा अगाडिको एमालेको स्थितिलाई आधार मानेर अगाडि बढ्ने कुरा भयो,’ नेता रावलले भने, ‘त्यसका लागि कार्यदल बनाइने छ, कार्यदलका सदस्यको नाम अध्यक्ष ओली र नेता नेपालले तय गर्नुहुने छ ।’

उनका अनुसार छलफल फेरि अगाडि बढाइने छ। आजको छलफलमा पार्टी अध्यक्ष ओली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेता रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्तलगायतको सहभागिता थियो ।

Zipstudy.com Discount Code help me essay write college papers for money BuyEssayClub.com Coupon SharkPapers.com Discount Code 2023 Promo Codes Discount Codes Free Paper Grader Dissertationking.co.uk Discount