बोर्डिङ स्कुलको सन्चालक तथा प्रधानाध्यापक रुपेश सरार्फ को हत्या – The kathmandu news

बोर्डिङ स्कुलको सन्चालक तथा प्रधानाध्यापक रुपेश सरार्फ को हत्या

कलैया उपमहानगरपालिका ६ मा रहेको बाल एकता बोर्डिङ स्कुलको सन्चालक तथा प्रधानाध्यापक रुपेश सरार्फ को हत्या भएको छ।

घटनाको तीन घटना नबित्दै बारा प्रहरीले पूर्व शिक्षिकालाई कलैया बजारबाट पक्राउ गरेको हो। प्रहरीले उनको नाम भने खुलाएको छैन। पक्राउ परेकी ती महिला पहिला सोही स्कुलमा पढाउने गरेकी र सरार्फसँग नजिकको सम्बन्ध रहेको प्रहरी स्रोतले बताएको छ।

पक्राउ परेकी उक्त महिलाको सरार्फको हत्यामा ठुलो हात हुनसक्ने अनुमान गरिएको बाराका प्रहरी उपरीक्षकले जानकारी दिए।

सोमबार दिउँसो सरार्फ माथि गोली प्रहार भएपछि कलैया बजार, भारतसँग सिमाना जोडिएका नाकाहरुमा कडा सुरक्षा व्यवस्था गरिएको थियो। पक्राउ परेकी महिलासँगको बयान पछि हत्या गरिनुको कारणहरु पत्ता लाग्ने सक्ने उनले बताए।

बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार सरार्फमाथि सोमबार दिउँसो करिब १ बजेको समयमा मदार्श टोलमा गोली प्रहार भएको थियो।

बाल एकता बोर्डिङ स्कुलबाट सरार्फ खाजा किन्न कलैया बजारमा रहेको अन्पुर्ण भेजिटेरियल होटलबाट गएका र होटलबाट फर्कँदै गर्दा उनीमाथि दुई वटा मोटरसाइकलमा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार ४ जनाको समूहले गोली प्रहार गरेको प्रहरी उपरीक्षक काफ्लेले बताए।

छातीमा गोली लागेर घाइते भएका सरार्फलाई सुरुमा कलैया प्रादेशिक अस्पताल लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि उनलाई थप उपचारको लागि बिरगन्ज स्थित वयोधा अस्पतालमा लगिएको थियो। बयोधा अस्पतालका चिकित्सकले उनलाई मृत घोषण गरेका थिए।

दोषीलाई कारबाहीको माग गर्दै कलैयामा प्रदर्शन

रुपेश सरार्फको हत्यारालाई कारबाहीको माग गर्दै कलैयाको भरतचौकमा प्रदर्शन गरिएको छ।

Discount Coupon where can i get a resume done for free StudyBay.com Promo grademiners discount codes do my essay for me cheap BuyEssays.us Coupon HomeworkFor.me Discount Code 2023 Scamfighter Helping Students Opt for the Best Political Science Essay Writing Services EduZaurus Coupon Code Dissertationking.co.uk Coupon Code RushEssay.com discounts The first thing you will notice about libraryofessays.com is that they have a 'roulette system ' whereby you have to click in time to get your discount BestEssays Discount Code 2023 someone writing on paper essay assist promo code OriginWritings.com Promo WOWGrade.net discount code