रास्ट्रपति पौडेलको विदेश भ्रमण स्थगित

0 Shares

राष्ट्रपति रामचन्द्र पौडेलको विदेश भ्रमण स्थगित भएको छ।

मुलुक भूकम्पको विपत्तिमा परेको बेला राष्ट्रपति पौडेल विदेश भ्रमणमा जान नचाहेका कारण उनकाे भ्रमण स्थगित गरिएकाे राष्ट्रपति कार्यालयले जानकारी गराएको छ।

राष्ट्रपति रामचन्द्र पौडेल कात्तिक २२ गते फ्रान्स, जर्मनी र इटालीको भ्रमणमा जाने र मंसिर १ गते स्वदेश फर्कने कार्यक्रम तय भएको थियो। यसका लागि कात्तिक १६ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको बिदेश भ्रमण स्वीकृत गरेको थियो।

मन्त्रिपरिषदको बैठकले ती मुलुककको भ्रमण स्वीकृत गरेको भोलिपल्टै जाजरकोट केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पबाट जाजरकोट र रुकुमपश्चिम लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति  भयाे।

प्राकृतिक विपत्तिको बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपति रामचन्द्र पौडेलले ती मुलुकको भ्रमण स्थगित गरेका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले प्रेस नोटमार्फत जानकारी गराय‍ो ।

फ्रान्सका राष्ट्रपतिको निमन्त्रणामा यही नोभेम्बर ९ देखि ११ तारिखसम्म पेरिसमा हुने पिस फोरम कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले भाग लिन जाने कार्यक्रम तय भएको थियो।

बिग्रँदो पर्यावरणलाई कसरी अनुकूल बनाउने भन्ने उद्देश्य रहेको उक्त सम्मेलनमा कार्वन उत्सर्जनको कुनै कारक नभएर पनि नेपालले जलवायु परिवर्तनको असर भोग्नु परेको सम्बन्धमा विश्वजगतको ध्यानाकर्षण गराउने कार्यक्रम थियो।

त्यस्तै, युरोपेली युनियनका महत्त्वपूर्ण राष्ट्रहरू फ्रान्स, जर्मनी र इटलीबाट राष्ट्रपति पौडेललाई आएको निमन्त्रणासँगै ती मुलुकका राष्ट्रपतिसँग तीन दशकपछि उच्चस्तरको पहिलो पटक महत्त्वपूर्ण भेटवार्ताको कार्यक्रम थियो।

राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावितहरूको अवस्था बुझ्न मंगलबार बिहान भूकम्प प्रभावित क्षेत्रतर्फ जाने कार्यक्रम रहेको पनि पोखरेलले जानकारी दिए।

सम्बन्धित समाचार

सबै