नेपाली काग्रेसले गुजरा नगरपालिकालाई बुझाए ज्ञापन पत्र – The kathmandu news

नेपाली काग्रेसले गुजरा नगरपालिकालाई बुझाए ज्ञापन पत्र

मंसिर ०८ गते
प्रेमचन्द्र झा

राैतहट। नेपाली कांग्रेसले उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जबाट भएको आदेश गुजरा नगरपालिकालाई पालना गर्न भन्दै शुक्रबार ज्ञापन पत्र बुझाएका छन ।जिल्ला प्रशासन कार्यालय राैतहटको पत्र , अदालत जनकपुर अस्थायी इजलास वीरगन्जले गरेको आदेश कार्यान्वयन नगराउनु भएकोमा आजको मिति देखि सात दिनभित्रमा कार्यपालिका सदस्य विजय साह वनियालाई हाजिर गराउनु भने माग सहितको ज्ञापन पत्र बुझाईएको नेपाली काग्रेस गुजरा नगर अध्यक्ष कुमार चाैलागाईले बताए ।
उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जको संयूक्त इजलासबाट मुद्दा नंं. ०७९-wo-०४४८ को आदेश पालना गर्नका निम्ति पटक पटक ताकेता तथा अनुरोध गर्दा पनि कार्यान्वयन गरेको पिडित कार्यपालिका सदस्य विजय साह वनियाले बताए । सो सम्बन्धि जिल्ला प्रशासन कार्यालय, रौतहटले मिति २०८०/०३/७ को च. नं. ९८७० बाट उच्च अदालतको आदेश कार्यान्वयन सम्बन्धमा लिखित पत्र समेत पठाएको थियाे । यदि ७ दिनभित्र हाजिर गराउनु भएन भन्ने हामी अनिश्चितकालसम्म संघर्ष तथा तालाबन्दी गर्ने कुरा समेत उल्लेख गरि ज्ञापन पत्रबाट प्रमुख प्रशासकीय अधिकृत राजकुमार अधिकारीलाई दिएको नगर अध्यक्ष चौलागाईले बताए । साे अवसरमा नगर उप प्रमुख रत्ना लामा, जिल्ला कार्यसमितिको सह सचिव फिरोज आलम, पवन गिरी, महमद आदिल, महासमिति सदस्य कमरुदिन, निर्वाचित जनप्रतिनिधिहरु तथा नेपाली कांग्रेसका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

ProEssayWriting Discount Promo Codes Up to 40% paying someone to do your homework EduDemius Coupon Code EssayPro Promo code me writing an essay get paid to write papers for students Premieressay.com Coupon Code You're Found Promo Codes Superiorpaper.net Discount Coupon Discount Code my online class we do your online class Courseworkspot.co.uk Promo code 2023 Your Promo Code