
मंसिर ०९ गते / प्रेमचन्द्र झा
राैतहट । “स्वदेशी उत्पादन अभियान” उद्यमीको सम्मान”नाराका साथ नवौं उद्योग दिवस एक कार्यक्रमको आयोजना गरी रौतहटको गौरमा भव्यताका साथ मनाइएको छ।
घरेलू तथा साना उद्योग कार्यालय रौतहटका अधिकृत जयकान्त झाको अध्यक्षता तथा गौर नगरपालिकाको नगर प्रमुख शम्भु साहको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा विभिन्न वक्ताले आआफ्नो मन्तव्य राख्दै उद्योग व्यवसायी बैंकको चर्को ब्याजदरको कारण र व्यापार व्यवसाय चल्न नसक्दा उद्योग व्यवसायी आफ्नो पेसा नै छोडेर विदेश पलायन हुने समस्या देखिएको बताएका छन । वक्ताहरुले राज्यले साना मझौला उद्योग मैत्री ल्याई सञ्चालनमा सहयोग गरे मात्र व्यवसायीलाई टिकाउन सकिने बताए । विदेश पालायन हुनलागेको युवाका लागि नयाँ याेजना ल्याई कर्वन्यान गर्न सके युवाहरु स्वदेश मै स्वरोजगार भई जीवनयापन गर्न सकिने बताएका छन्। सो अवसरमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र , सरकारी वकिल कार्यालयका प्रमुख बद्री कुमार कार्की , उधोग वाणिज्य संघका अध्यक्ष पंडित प्रसाद जयसवाल, वन विज्ञ नन्दलाल राय यादव सहितले उधोग व्यवसाय क्षेत्रका समस्याका बारेमा बोलेका थिए ।
जिल्लामा उधोग व्यवसाय सञ्चालन गरेका केही सफल उधोगी व्यवसायीहरुलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।