पर्सा/ रामजी यादव
अाज घरेलु तथा साना उधोग कार्यालय बीरगंज पर्साका कार्यालय प्रमुख धन्नजय सिंहले आज तालिम कार्यक्रमको केन्द्रमा पुगेर अनुगमन गरेका छन। बीरगंज महानगरपालिका वडानं.१९विन्दवासिनी चौकमा भगत सर्वजित सिप बिकास केन्द्र अन्तर्गत मोटरसाईकल मर्मत तालिम, एडभान्स सिलाई कटाई तालिम तथा बहुदरमाई नगरपालिका वडानं.८ रामनगरीमा हाते कढाई (ईम्बोडरी)कार्यक्रमको केन्द्रमा पुगेर प्रमुख सिंहले अनुगमन गरेका हुन्।घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख धन्नजय सिंहले तालिम केन्द्रका प्रशिक्षक र परिक्षार्थीहरुसंग पालै पालो सिप आर्जनको बारेमा जानकारी लिनु भयो।तिन महिने सिपमुलक तालिममा बेरोजगार महिला तथा पुरुषलाई निशुल्करुपमा बिभिन्न कार्यक्रमहरु संचालन गरि सिपमुलक तालिमको आयोजना गरि सिपआर्जन गरेका उधमीलाई अनुदान स्वरुप सहयोग गरि ब्यापार गरेर आयआर्जन गरि परिवार सहज ढंगले चलाउन सक्ने कुरामा प्रमुख सिंहले सो कुरामा जोड दिनु भयो।घरेलु तथा साना उधोग कार्यालय पर्साबाट संचालन भएको सिपमुलक तालिम कार्यक्रममा सहभागी महिला तथा पुरुषलाई कार्यक्रमको बारेमा बिस्तरीत रुपले पालै पालो सोधपुछ गरि सिकेका कुराहरु ब्यवहारमा उतार्न आग्रह गर्नु भयो।घरेलु तथा साना उधोग कार्यालय बीरगंज पर्साले गराउदै आएको बिभिन्न निशुल्क सिपमुलक तालिम कार्यक्रमहरुमा महिला तथा पुरुषले सहभागी भई सिपआर्जन गरेर बेरोजगारीबाट मुक्त भई सहजरुपमा आफ्नै गाउँ ठाउमा आयआर्जन गरेर परिवारहरुको जिबिका चलाउन सक्ने प्रमुख सिंहले जानकारी दिनुभयो।