ठोरीमा नव निर्मित बर्थिङग सेन्टर कृषी मंत्री क्षेत्रीले गरे उद्घाटन

0 Shares

पर्सा /रामजी यादव

असोज २४ गते पर्साको ठोरीमा निर्माणाधिन नव निर्मित बर्थिङग सेन्टर र स्वास्थ्य भवनको मधेश प्रदेशको भुमि ब्यवस्था कृषी तथा सहकारी मंत्री जर्नादन सिहं क्षेत्रीले एक कार्यक्रमका बिच उद्घाटन गरि शुभारम्भ गर्नु भयो।पर्साको ठोरी गाउँपालिका वडा नम्बर  ३ बुद्धनगरमा २५ लाखको लागतमा एक तल्ले बर्थिङग सेन्टर र १५ लाखको लागतमा स्वास्थ्य चौकीको माथी तल्लाको थप २ कोठे नव निर्मित भवनको आज एक कार्यक्रमका बिच माननिय मंत्री सिहं क्षेत्रीले समुद्घाटन गरि शुभारम्भ गर्नु भएको हो।ठोरीमा निर्माणाधिन नव निर्मित बर्थिङग सेन्टर र स्वास्थ्य चौकीको समुद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथी मंत्री जर्नादन सिहं क्षेत्रीले अबको जनताको चाहना र बिकासमा मुल परिवर्तन ल्याउने अहिले वर्तमानको सरकार नेपाली कांग्रेस र ने.क.पा एमालेको गठबन्धनले मुलुकमा सुसासन,शान्ति र समाजमा बिकासको अनुभुति दिलाउने वर्तमानको सरकार कटिबद्ध रहेको स्पष्ट पार्नु भयो।ठोरीमा निर्माणाधिन नव निर्मित बर्थिङग सेन्टर र स्वास्थ्य भवनको समुद्घाटन समारोहमा बोल्दै भुमि ब्यवस्था कृषी तथा सहकारी मंत्री जर्नादन सिहं क्षेत्रीले ठोरीबासी किसानहरुलाई आवश्यकता अनुसार मल खाद, बिउविजन आवश्यक प्रयोग हुने उपकरणहरु सहज र सजिलोरुपमा उपलब्ध गराईने प्रतिबद्धता गर्नु भयो।ठोरी गाउँपालिकाका स्वास्थ्य भवनका अध्यक्ष अरुण अधिकारीको सभापतित्वमा भएको बर्थिङग सेन्टर तथा स्वास्थ्य चौकी समुद्घाटन समारोह कार्यक्रमका बिशिष्ट अतिथी नेपाली कांग्रेसका मधेश प्रदेश महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ,अतिथी पूर्व जि.सि.स उप-सभापति एवम् ने.क.पा एमालेका केन्द्रीय सल्लाहकार समितीका सदस्य ठाकुर समितीका सदस्य ठाकुर प्र.न्यौपाने,पूर्व जि.बि.स सदस्य तथा ने.क.पा.समाजबादीका जिल्ला उपाध्यक्ष गंगा खड्का,पूर्व जि.बि.स सदस्य रामरुप कुर्मी,अमृत कृष्ण सापकोटा,कमला श्रेष्ठ,बाल कुमार श्रेष्ठ,जिवन कृष्ण बस्नेत लगायतलाई भुमि ब्यवस्था कृषी मंत्री क्षेत्रीले खादा,टिका लगाई मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो।हो समुद्घाटन समारोह कार्यक्रममा नेता कार्यकर्ता,कर्मचारी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो

सम्बन्धित समाचार

सबै