0
Shares
सर्लाहीको छनकी नाकाबाट तस्करी हुदै, जिल्ला प्रहरी प्रमुख मौन ।
भारतसंग जोडिएका सर्लाहीको छनकीटोला नाकाहरुबाट सेटिंगमा राजस्व छलेर अबैध सामानहरुको तस्कारी कार्य निरन्तर चलिरहेका छन् । कपडा, खैनी, खाद्यान्न सामग्रीहरु, स्पेयर पार्टस, भैसी राँगा, श्रृंगार समाग्री लगायतको विभिन्न सामानहरु भारतबाट नेपालमा भित्रने गरेको छ भने नेपालबाट मदिरा रक्सी,गाजा, छहोरा, मरिच लगायतको सामानहरु भारत तर्फ निर्वाध रुपमा तस्करी भईरहेको छ तर प्रहरी चौकीको अ.सई मनोज बरंवाल उक्त कार्यमा समर्थन जनाएको कारण तस्करी नियन्त्रण गर्न सकिएको छैनन् । उक्त कार्यमा , सशस्त्र प्रहरी, चौकी इन्चार्ज सुरक्षाकर्मीहरुको साँठ गाँठमा सिमा वारिपारीको अबैध कारोवार फस्टाएको आरोप स्थानीयहरुले लगाए ।