रौतहट, इशनाथ नगरपालिकाको औरैया संग जोडिएका बिभिन्न नाकाहरुबाट सेटिंगमा राजस्व छलेर अबैध सामानहरुको तस्कारी कार्य निरन्तर चलिरहेका छन् । खुला दारु, कपडा, खैनी, खाद्यान्न सामग्रीहरु, स्पेयर पार्टस, भैसी र राँगा, श्रृंगार समाग्री लगायतको विभिन्न सामानहरु भारतबाट नेपालमा भित्रने गरेको छ भने नेपालबाट खुला रक्सी,गाजा, छहोरा, मरिच लगायतको सामानहरु भारत तर्फ निर्वाध रुपमा तस्करी भईरहेको छ तर सशस्त्र प्रहरी उक्त कार्यमा मौन समर्थन जनाएको कारण तस्करी नियन्त्रण गर्न सकिएको छैनन् ।
रौतहटको औरैया, मठिया महुलिया बाट साँझ परेपछि कारोबार गर्ने तस्करहरुको लाइन सुुरु हुने गरेको स्थानीयहरु बताउँछन् । उक्त कार्यमा सशस्त्र प्रहरी( BOP)इन्चार्ज को साँठ गाँठमा सिमा वारिपारीको अबैध कारोवार फस्टाएको आरोप स्थानीयहरुले लगाए ।
सिमा सुरक्षा एवं चुहावट नियन्त्रण गर्नका लागि सशस्त्र प्रहरी परिचालन गरिएको हुँदा पनि तस्करी भईरहेको छ ।