
चौबीस घन्टामा ८१६७ जना कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा १७ हजार ९७१ पीसीआर र ५७७ जनाको एन्टिजेन परीक्षण गर्दा ८ हजार १६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै नेपालमा संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ।यस्तै सोही अवधिमा १८७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ।
पछिल्लो २४ घण्टामा ५ हजार ४५५ जनाकोरोना संक्णमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या तीन लाख ३३ हजार १०८ पुगेको छ।
अहिले देशभर एक लाख ९ हजार ७४० सक्रिय संक्रमित रहेका छन्।आज शनिबार हिजो (शुक्रबार) तुलनामा कोरोना संक्रमण र मृतकको संख्यामा केही कमि आएको छ ।
शुक्रबार देशभर ८५२० जनामा संक्रमण पुष्टि भएको थियो भने २०३ जनाको मृत्यु भएको थियो