झुठा कागजात पेश गरि नागरिकता लिए दिलिपकुमार स्वर्णकार

0 Shares

झुठा कागजात पेश गरि नागरिकता लिए दिलिपकुमार स्वर्णकार

रौतहट , झुठा कागजात पेश गरेर नेपाली नागरिकता लिन सफल भएका भारतीय नागरिक बिरुद्ध प्रमाण सहित निवेदन दिदा समेत कारवाही गर्न जिल्ला प्रशासन कार्यालय बारा गम्भीर न रहेको आरोप निवेदकले लगाएका छन् ।
भारत बिहार राज्यको सीतामढी जिल्ला बैरगनिया अन्तर्गत पर्ने असोगी पुरुषोत्तम ९६ ठेगाना भएका प्रदीप साहको छोरा दिलिप कुमारले बारा जिल्लाको साविक कचोर्वा गाविस ६ हाल सिम्रौनगढ नगरपालिका–९ स्थायी ठेगाना देखाई झुठा कागजात सहितका विवरणहरु तयार पारेर जिल्ला प्रशासन कार्यालय बाराबाट २०७४ भदौं १ गते ३३–०६–७४–००७९५ नम्वरको दिलिपकुमार स्वर्णकारको नामबाट नागरिकता लिन सफल भयो ।
भारतीय नागरिक दिलिपकुमार स्वर्णकारलाई पक्राउ गरेर उनले लिएको उक्त नम्वरको नागरिकता रद्द गरेर आवश्यक कारवाही गर्न बारा कलैया उपमहानगरपालिका–१ का २९ बर्षीय प्रितम सर्राफले सब प्रमाण सहित २०८२ साल जेठ २७ गते जिल्ला प्रशासन कार्यालय बारामा निवेदन दिएपनि हाल सम्म कारवाही प्रक्रिया न बढेकोले विभिन्न शंका उपशंकाहरु बढ्दै गएको आरोप उनले लगाए । बारा जिल्लाबाट नागरिकता लिएका दिलिपकुमार स्वर्णकारण विगत १० अघि देखि नै रौतहटको दुर्गा भगवती गाउँपालिका–१ स्थित पिपरा बजारमा जयकुंज आभुषणालय नामक सुनचाँदीको पसल संचालन गरेर निर्वाध रुपमा कारोवार संचालन गर्दै आएका छन् । सुनचाँदी पसलको आडमा गरिने विभिन्न किसिमका कार्यहरु समेत संचालन गर्दै आउदा निज विरुद्ध आवश्यक कारवाही गर्नका लागि दिएको निवेदन माथि कानुनी कारवाही गर्न जिल्ल्ला प्रशासन कार्यालय बारा गम्भीर न रहेको उनले गुनासो गरे ।
सर्राफले दिएको निवेदनमा भारतीय निर्वाचन आयोगबाट मतदाता पहचान पत्र लिएको भारतीय नागरिक दिलिपकुमारले झुठा कागजातहरु पेश गरेर नेपाली नागरिकता बनाउन सफल भएकोमा निजलाई पक्राउ गरेर लिएको नागरिक रद्द गरी कारवाही गर्न माग गरिएको छ ।

सम्बन्धित समाचार

सबै