चौबीस घन्टामा थप ७,३६८ जनामा कोरोना पुष्टि, १४५ सक्रमितको मृत्यु – The kathmandu news

चौबीस घन्टामा थप ७,३६८ जनामा कोरोना पुष्टि, १४५ सक्रमितको मृत्यु

पहिलो समय भन्दा संक्रमण एकदमै फैलिरहेको अवस्थामा गएको चौबीस घण्टा भित्रमा थप ७,३६८ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा गरिएको १९ हजार ४३९ जनाको पिसिआर र ३४४ जनाको एन्टीजेन परीक्षणमा सात हजार ३६८ जनालाई संक्रमण पुष्टि भएको छ।

पिसिआर विधिबाट सात हजार ३१६ र एन्टीजेन विधिबाट ५३ जना संक्रमित पुष्टि भएका हुन्।योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १० हजार २६३ पुगेको छ।

आज देशभर छ हजार ६४८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। देशभर ७०१ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४५ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या पाँच हजार १ पुगेको छ।

SharkPapers.com Discount Code The List of Top Resume Services in 2020 Bestessaywritingservice.co Coupon Code read my essay to me Assignment-Helpers.com Coupons 2023 Enter your e-mail to get fresh promo codes Agradeessay.com Discount ThesisGeek.com discounts proessaywriting discount code SameDayEssays.org discounts Best Law Essays Coupon Code buyessay.org promo code EssayOnTime.com Discount Code Academized Promo Code write my essay for me for free Discount Code