जसपा नेता जितेन्द्र सिंहको उपचारको क्रममा निधन

0 Shares

जनता समाजवादी पार्टी नेपालकाे केन्द्रीय सदस्य जितेन्द्र सिंहको निधन भएको छ ।

प्रदेश २ स्थित बारा जिल्लाको पचरौता नगरपालिकाका स्थायी वासिन्दा उनि किड्नी र मधुमेह रोगवट ग्रसित थिए ।

उनको उपचारको क्रममा ललितपुर स्थित मेडिसिटि अस्पतालमा आज विहान निधन भएको हो ।

खानेपानी संस्थान लगायत विभिन्न सरकारी निकायमा उनले नेतृत्व समेत गरिसकेका छन् ।

सम्बन्धित समाचार

सबै