चौबीस घण्टामा नेपालमा थप ८१७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयकाे प्रबक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर र एन्टिजेन विधिको परीक्षणबाट यो संख्यामा कोरोना पुष्टि भएको जानकारी गराउनुभएको छ ।
डा. जागेश्वर गाैतमका अनुसार सो अवधिमा ७९८९ जना संक्रमित निको भएर डिस्चार्ज भएकाे छन् । पछिल्लो २४ घण्टामात्र भक्तपुर २२८, ललितपुर २७० र काठमाडौंमा १ हजार ९८८ गरी उपत्यकाका जम्मा २४८६ जनामा संक्रमण पुष्टि भएको जागेश्वर गौतमले जानकारी दिनु भएको छ।