राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा दावी पेश गर्न भोलि साँझ ५ बजेसम्मको म्याद

0 Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो कार्यकालको नेतृत्व लिएको एक सातामै पुनः नयाँ प्रधानमन्त्रीको खोजी भएको छ ।

मन्त्रिपरिषदको विहीबार साँझ बसेको बैठकले मौजुदा सरकारलाई बिश्वासको मत प्राप्त गर्ने दह्रो राजनीतिक आधार नदेखिएको ठहर गरिएको हो ।

मन्त्रिपरिषदले वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्दै प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया सुरु गर्न अनुरोध गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा बिश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न भोलि साँझ ५ बजेसम्मको समय दिएकी छन् ।

सम्बन्धित समाचार

सबै