नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जसपा अध्यक्ष महन्थ ठाकुरलाई परिस्थिति अनुकुल भए प्रधानमन्त्रीमा सघाउने बचनवद्द्ता गरेको खुलेको छ ।
विहिवार राती भएको भेटमा ओलीले ठाकुरलाई त्यस्तो वचन दिएको सोही वैठकमा रहेका नेताले बताएका छन् ।
अनुकुल परिस्थिति वन्यो भने तपाईं नै प्रधानमन्त्री बन्नुस ओलीको भनाई उदृत गर्दै उक्त नेताले द काठमाडौं न्यूज़ लाइ भने-केपी ओलीले ठाकुरजीलाई पार्टीका उपेन्द्रजी लाई पनि मिलाउनुस स्थिति सहज भयो भने एमालेको समर्थन बाट जसपाको सरकार हुन्छ भनु भएको छ ।
हिजो धेरै सल्लाहहरु भएको छ जसपाले एकमत भएर प्रधानमन्त्रीको उम्मेदवारको रूपमा ठाकुरजीलाई अघि सार्यो भने ठाकुर नै प्रधानमन्त्री बन्ने संभावना छ” ।
उक्त नेताले भने -“बिपक्षीहरुलाई मोर्चावन हुने मौका पनि नदिने पक्षमा ओलीजी हुनुहुन्छ । अब दिउँसो सम्ममा सिन क्लियर हुनेछ।