0
Shares
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि १५३ सांसदको हस्ताक्षरसहित राष्ट्रपतिको समक्ष दाबी पेश गरेका हुन् ।
एमालेका १२१ र जसपाका ३२ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दावी पेश गरिएको प्रधानमन्त्रीका सल्लाहकार डा. राजन भट्टराईले जानकारीदिएका छन् ।
जसपा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले ओलीलाई समर्थन रहेको पत्र सहित शीतल निवासमा पेश गरिएको बताइएको छ ।
ओली दाबी प्रस्तुत गरेर शीतल निवासबाट बालुवाटार फर्केका छन् । शेरबहादुर देउवा नेतृत्वको बिपक्षी गठबंधनले पनि बहुमत दावी गर्दै सितल निवास मै रहेका छन् ।