बरिष्ठ नेता माधब नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय

0 Shares

एमालेले बरिष्ठ नेता माधव नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

शनिवर बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले बिपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउने हस्ताक्षर गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले आफ्नै पार्टी नेतृत्वको सरकारविरुद्ध गएर बिपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउने हस्ताक्षर गर्ने एमालेका २६ सांसद मध्ये ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको जानकारी दिए ।

नेपाल पक्षका २६ सांसद्ले शुक्रवार प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गरेको पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्बन्धित समाचार

सबै