0
Shares
एमालेका विद्रोही नेताहरुलाइ आज औपचारिक रुपमा कारबही गरिने भएको छ । एमालेको स्थायी कमिटी आज पनि बस्ने भएको छ ।
अपरान्हसम्म प्रधानमन्त्री निबास बालुवाटारमा बस्ने बैठक पार्टीकाे आन्तरिक बिवाद , वजेटको तयारी र पछिल्ला राजनीतिक घटनाक्रमलाई केन्द्रित हुने एक नेताले बताएका छन् ।
शनिबर वसेको स्थायी कमिटी बैठकले माधव कुमार नेपाल, झलनाथ खनाल र भीम रावलसहित बिघटित प्रतिनिधिसभाकाे ११ जना सांसदसँग स्पष्टीकरण माग गरेको थियो ।
स्पष्टीकरण दिने समय आज बिहान सकिएकाले उनीहरुमाथि थप कारबहीको सम्भाबना रहेको छ । त्यस्ले पार्टी बिवाद समाधानका लागि गठित बार्ता टोलीको सन्दर्भमा समेत छलफल हुने भनिएको छ ।