जसपा सरकारमा सहभागी हुँदै, गृह सहित ८ मन्त्रालय – The kathmandu news

जसपा सरकारमा सहभागी हुँदै, गृह सहित ८ मन्त्रालय

जसपाका अध्यक्ष महन्थ ठाकुर पक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ। आफूहरुले उठाएको सबै माग सम्बोधन भएको भन्दै महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुन तयार भएको हो।

प्रधानमन्त्री केपी ओलीले राजेन्द्र महतोको नेतृत्वमा जसपाबाट आठजनालाई मन्त्री बनाउनुपर्ने तयार भएका छन्।

महन्थ ठाकुर निकट १ नेताका अनुसार आउदो शुक्रवारसम्म शपथ ग्रहण भइसक्नेछ। ती नेताले भने, ओली जीले हामीले उठाएका माग सम्बोधन गर्नुभएको छ। अब सरकारमा सहभागी हुने निश्चित भयो। शुक्रबारसम्म शपथ हुने भएको छ।

जसपाले ओलीसमक्ष राखेका पाँचबटै माग सम्बोधन भएको जनाएको छ। संविधान संशोधनका लागि कार्यदल गठन, कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता, आइतवर मात्रै अध्यादेशमार्फत नागरिकता ऐन संशोधन भएपछि ठाकुर पक्षीय नेताहरु उत्साहित भएका हुन्।

जसपाका नेताका अनुसार महन्थ ठाकुर वरिष्ठ नेता महतोबीच सरकामा सहभागी हुने नेताहरुको नाम पनि निश्चित भइसकेको छ। जसमा महतोका साथै नेताहरु शरतसिंह भण्डारी, अनिल झा, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, एकवाल मियाँ, उमाशंकर अरगरिया र बिमल श्रीवास्तव रहेका छन्।

ठाकुर पक्ष सरकारमा सहभागी हुने निश्चित भएपछि अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले भने सरकारमा गए स्वत: पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएको छ।

PaperFellows Discount Promo Codes Up to 40% Essayswritingonline.com Promo Code SameDayEssay.me discounts law coursework Dissertationcanada.com Promo code 2023 paperhelp.org discount code EssayPro.com Promo Codes TopEssayWriting.org Coupons 2023 Essay4Students.com Promo same day essay promo code Writemyessaytoday.us Discount Boostmygrades Discount Promo Codes Up to 40%