0
Shares
एमालेले वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ ।
स्थायी कमिटीको सोमबार बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो ।
वैठकले शनिवार स्पष्टिकरण मागिएका झलनाथ,माधव र भीम रावलसहित ११ जनालाई पार्टीको अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा निष्कासन गरेको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले नेपाल प्रेसलाई जानकारी दिए ।
निष्कासनमा पर्नेमा समानुपातिकबाट सांसद बनेकाहरु समेत रहेका छन् ।
निष्कासनमा परेकाहरु :
१.माधवकुमार नेपाल
२. झलनाथ खनाल
३. भीमवहादुर रावल
४. मुकुन्द न्यौपाने
५. रामकुमारी झाँक्री
६.सरला यादव
७.पुष्पाकुमारी कर्ण
८.कलिला खान
९.निरादेवी जैरु
१०.लक्ष्मीकुमारी चौधरी र
११. कल्याणीकुमारी खड्का