उपत्यकाभित्र निषेधाज्ञा ७ को लागि थप, ‘मर्निङ्वाक’ को नाममा घरबाट निस्किए कारवाही

0 Shares
उपत्यकाभित्रका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू ७ दिनको लागि थप निषेधाज्ञा गर्ने निर्णय आज बसेको ३ बटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले ७ दिनको लागि निषेधाज्ञा थप गरेको हो।        यस पटक थप कडाइ गर्ने निर्णय भएको छ।, काठमाडौं को जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले भने।पछिल्लो पटक काठमाडौं उपत्यकाभित्र थपिएको निषेधाज्ञा जेठ १३ गतेबाट सकिँदैछ। काठमाडौं उपत्यकाभित्र निषेधाज्ञामा पनि मानिसको आबत जावत कम नभएको भन्दै अव थपिएको निषेधाज्ञा भने थप कडाइ गर्ने तीन (३) वटै प्रमुख जिल्ला अधिकारीको निष्कर्ष निकालेको थियो। सोमबार स्वास्थ्यमन्त्री हृदेयस त्रिपाठीले भने मानिसको आबत जावत नियन्त्रण नहुँदा कोरोना संक्रमण चाहेको अनुसार नियन्त्रणमा नआएको बताएका थिए।यसपटको निषेधाज्ञामा मानिसहरु मर्निङ् वाकको नाममा घरबाट निस्किए कारवही गर्ने गरि निर्णय गरिएको छ। तरकारी पसलमा मानिसको भिडभाड भएकाले त्यहाँवाट संक्रमण फैलिएको हुनसक्ने आशङ्कामा यस पटक थप गरिएको निषेधाज्ञामा तरकारी पसललाई कडाइ गर्ने भएको छ। त्यस्तै खाद्यान्नको पसल भने ७ को लागि पूर्ण ठप्प गर्ने निर्णय भएको छ।‘ खाद्यान्नका पसल, डिपार्टमेन्टल स्टोर समेत बन्द गर्ने निर्ण भएको छ। त्यस्तै अन्य तरकारीका पसल भने बिहान ९ बजेसम्म मात्र खुल्न पाउने छन्, प्रमुख जिल्ला अधिकारी पराजुलीले भने।

त्यस्तै, अनुगमन र कारबाहीलाई पनि कडाइ गर्ने तयारी गरिएको छ। विवाहमा पनि १० जनाबाट घटाईएर ७ जना मात्र सहभागी हुन पाउने छन्। जसमा १ गाडी मात्र प्रयोग गर्न पाइने छ।

बैङ्कको वित्तीय संस्थाहरुका कारण पनि मानिसको भिड सडकमा देखिएको प्रशासनको निष्कर्ष छ। काठमाडौंको उपत्यकाभित्र बैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञा जारी छ।

सम्बन्धित समाचार

सबै