0
Shares
नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६(५) वमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै संसद बिघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध ३० वटा रिट दर्ता भएका छन् ।
अन्तरिम आदेश माग गरिएका १९ बटा रिटको सुनुवाइको आज हुन लागेको हो । संबैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते शुक्रवारका लागि पेशी तोकिएको छ ।
संसद बिघटन असंवैधानिक भएको जिकीर गर्दै र धारा ७६(५) अनुसार शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै बिपक्षी गठबन्धनका १४६ जना सांसदले पनि सर्बोच अदालतमा रिट दर्ता गरेका थिए ।
गत जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बिघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तोकिएको छ ।