सर्बोच्च अदालतमा परेको १९ रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासमा

0 Shares

सर्बोच्च अदालतमा परेका रिटहरुको १९ रिट आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासमा परेको छ ।

राणाले सुनुवाइ गर्न लागेका सबै रिटमा राष्ट्रपतिको कार्यालय शितल निवासलाई बिपक्षी बनाइएको छ। बिहीबार पेशी तोक्दा प्रधानन्यायाधीश जबराले १९ रिटको सुनुवाइ आफ्नो एकल बेन्चमा हुने गरी तोकेका हुन् ।

सर्बोच अदालतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ बिहीबार आज हुँदैछ । संबैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते शुक्रवारका लागि पेशी तोकिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै संसद बिघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध तिस वटा रिट दर्ता भएका छन् ।

गत जेठ सात गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बिघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते निर्बाचनको मिति तोकिएको छ ।

सम्बन्धित समाचार

सबै