चौबीस घन्टामा थप ६९५१ जनामा कोरोना पुष्टि र ९६ संक्रमितको मृत्यु

0 Shares

चौबीस घन्टामा थप ६,९५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो चौबीस घण्टामा देशभर गरिएको १९ हजार ३१३ जनाको पीसीआर र ७९७ जनाको एन्टिजेन परीक्षणका क्रममा ६ हजार ९५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणबाट ९६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ। देशभर एक हजार ८०९ जना क्वारेन्टाइनमा रहेका छन्।  शुक्रवार थप ९,८४१ जना कोरोना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।देशभर हाल १ लाख १३ हजार ३४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।

सम्बन्धित समाचार

सबै