राष्ट्रपति शैक्षिक सुधारका लागि १० अर्ब – The kathmandu news

राष्ट्रपति शैक्षिक सुधारका लागि १० अर्ब

नेपालको शैक्षिक संस्थानहरूको भौतिक पूर्वाधार निर्माण गर्दै थप सुधार गर्नका लागि सरकारले १० अर्ब रुपैयाँ विनियोजन गरेको छ।

अर्थमन्त्री बिष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै उक्त कुरा बताएका छन्।

राष्ट्रपति शैक्षिक सुधारको कार्यक्रम अन्तर्गत प्राथमिकताको आधारमा देशकाे १५ सय सामुदायिक विद्यालयहरूको कक्षा कोठा, शौचालय, पुस्तकालय, प्रयोगशाला, वैकल्पिक सिकाइका लागि पूर्वाधार निर्माणका लागि उक्त रकम खर्च हुने मन्त्री पौडेलले बताए।

यसैबीच अर्थमन्त्री पौडेलले प्रारम्भिक बाल बिकास केन्द्रका शिक्षिका र कर्मचारीको पारिश्रमिक बढाएर मासिक १५ हजार रुपैयाँ पुर्‍याएका छन् ।

आगामी आर्थिक वर्षको २०७८/७९ को आय–व्यय वक्तव्य सार्बजनक गर्दै अर्थमन्त्री पौडेलले सरकारले उपलब्ध गराउँदै आएको मासिक पारिश्रमिक वृद्धि गरी ८ हजार पुर्‍याइएको र बाँकी पारिश्रमिक स्थानीय तहले व्यहोर्ने बताए ।

पारिश्रमिकका लागि ५ अर्ब ५५ करोड बजेट बिनियोजन गरिएको उनले बताए ।

TermPaperForYou.com Promo Ukstudyhelp.co.uk Discount premieressay promo code