प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दाम आज पनि सुनुवाइ हुँदै – The kathmandu news

प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दाम आज पनि सुनुवाइ हुँदै

शुक्रवार तिन बजेसम्मका लागि सुनुवाइको तयारी गरिएको भए पनि कानुनबिद् गोबिन्द बन्दीले इजलास गठनमा प्रश्न उठाएपछि आइतबारसम्मका लागि स्थगित गरिएको थियो ।उनले बहस गर्नुअघि नेकपा लाई २ टुक्रा हुने गरी फैलसा गर्ने न्यायाधीश बमकुमार श्रेष्ठको सहभागितालाई लिएर प्रश्न उठाएका थिए ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले ब्यक्तिका बारेमा प्रश्न नउठाउन आग्रह गरेका थिए । इजलासले एउटा रिटमा बढीमा १० मिनेट बहस गर्न समय तोकेको छ । संबैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी ३० ओटा रिट दर्ता भएका छन् ।बिपक्षी गठबन्धनले संसद पुनःस्थापनाको माग गर्दै रिट दायर गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि संविधानको धारा ७६ ९५० अनुसार प्रधानमन्त्री नियुक्त नगरेको भन्दै कांग्रेस सभापति शेरवहादुर देउवाले सर्वोच्चमा रिट दायर गरेका थिए ।
writemypaper4me discount code affordable essay writing service MyAdmissionsEssay.com discounts WriteMyEssay4me Discount