एमालेका नेता महेश वस्नेतले एमाले सिध्याउन प्रधानमन्त्री देखि सभामुख सम्म लागि परेको आरोप लगाएका हुन् ।
शुक्रवार राजधानीमा आयोजित १ कार्यक्रममा नेता महेश बस्नेतले प्रधानमन्त्री शेरवहादुर देउवा, नेकपा (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा आफ्नो पार्टीलाई सिध्याउन लागिपरेको आरोप लगाएका छन् ।
महेश बस्नेतले भने,एमालेलाई कमजोर बनाउने काममा यो सरकार ब्यस्त छ । अध्यादेश जुन आएको छ, यसले त्यही पुष्टि गरेको छ । एमालेले कारबाही गरेका १४ जना सांसदलाई अहिलेसम्म पदमुक्त गरेको सूचना सभामुखबाट प्रकाशन गरिएको छैन । अध्यादेश ल्याउनुको मुख्य उद्देश्य एमाले बिभाजन गर्नेमात्रै देखियो ।
एमाले सिध्याउने शेरवहादुर देउवा, दाहाल र सापकोटा तीनै जनालाई आगामी दिनमा महँगो पर्ने उनले चेतावनी दिए । एमाले सांसद समेत रहेका बस्नेतले अध्यादेश ल्याउनुको अर्को उद्देश्य भनेको आगामी निर्वाचनमा कांग्रेसलाई बहुमतमा पुर्याउने षड्यन्त्र रचिएको सुनाए । तर, आगामी निर्वाचनमा पनि नेकपा (एमाले) नै अत्यधिक बहुमतका साथ आउने उनको दाबी थियो ।
४० महिनाको अवधिमा केपी ओली सरकारले विकास र समृद्धिको यात्रा अघि बढाएको स्मरण गराउँदै उनले अहिले ओलीको उक्त समृद्धिको यात्रामा ब्रेक लगाउने काम भएको पनि टिप्पणी गरे ।