0
Shares
काठमाडौँ : नेकपा माओवादी केन्द्रले आज स्थायी समितिको बैठक बोलाएको छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बैठक डाकिएको स्थायी समिति सदस्य लिलामणि पोखरेलले जानकारी जानकारी दिएका छन् ।
बैठकमा पार्टीको आगामी राष्ट्रिय सम्मेलनबारे छलफल गर्न लागिएको माओवादी केन्द्रको केन्द्रीय कार्यालय स्रोतले जनाएको छ । बैठकमा पार्टी सम्मेलनमा प्रस्तुत गरिने विधान, प्रतिवेदन, सम्मेलनको व्यवस्थापन, प्रतिनिधि छनोट मापदण्डलगायतका विषयमा छलफल हुने बताइएको छ ।
राष्ट्रिय सम्मेलन आगामी पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । माओवादी केन्द्रले अहिले वडादेखि प्रदेशसम्म नयाँ नेतृत्व चयन गरिरहेको छ ।