आज बस्ने तिनै ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञाबारे थप निर्णय गर्ने छ । वैठक आज चार बजे बस्ने बताइएको हो ।
पछिल्लो पटक थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ । यस अघि केही खुकुलो गर्दै निषेधाज्ञा थपिएको थियो । साथै काठमाडौं प्रशासनले स्वास्थ्यका मापदण्ड पालना गर्दै लामो तथा मध्यम दूरीका सवारीसाधनलाई सञ्चालन गर्नका लागि अनुमति पनि दिइसकोको हो ।
