सरकारले चुनाव घोषणा गरोस, एक्लै प्रतिष्पर्धा गर्न तम्तयार छौ: गोकुल बाँस्कोटा

0 Shares

बिहिबार सामाजिक सञ्जालमार्फत नेता बाँस्कोटाले सो कुरा गरेका हुन् । उनले सरकारले चुनाव घोषणा गर्नुपर्ने भन्दै एक्लै प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन् ।

उनले लेखेका छन् – ‘फेरि भन्छु- पूर्व देखाएर पश्चिम हान्ने र चील आयो भनेर कुखुरा तान्ने कम्फरटेवल पार्टनरवाला सरकारले आम चुनाब घोषणा गरोस।हामी तीब्र प्रतीक्षा,स्वागत र पांच उपिंयाको गठबन्धन तोला न छटाकसंग एक्लै प्रतिष्पर्धा गर्न तम्तयार छौ।’

सत्तारुढ दलको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘एमाले निरन्तर संसद अबरोध’ गर्दा संसदको औचित्य पुष्टी हुन नसकेकाले स्थानिय तहको निर्वाचन अघि संघीय संसदको निर्वाचनको प्रस्ताव गरेका थिए । निर्वाचन आयोगले भने वैशाखमा स्थानीय तहको चुनाव गर्न प्रस्ताव गरेको छ ।

सम्बन्धित समाचार

सबै