निर्वाचन आयोगद्वारा यादव र ठाकुरको पत्र खारेज

0 Shares

एकले अरूलाई कारबाही गरेको भन्दै जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले पठाएको पत्र निर्वाचन आयोगले खारेज गरेको छ।

बुधवार बसेको निर्वाचन आयोगको वैठकले दुबै अध्यक्षले पठाएको पत्र खारेज गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।

“राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ अनुसार नभएकाले दुवै पत्र खारेज गर्ने निर्णय भएको छ,” प्रबक्ता श्रेष्ठले भने।

जसपा अध्यक्ष महन्थ ठाकुर र  उपेन्द्र यादबले एकले अरूलाई कारबाही गरिएको जनाउँदै मंगलबार आयोगलाई पत्र पठाएका थिए।

अध्यक्ष ठाकुरले यादबलाई साधारण सदस्यबाट समेत निष्कासित गरेको जनाएका थिए।

त्यस्तै, यादबले महन्थ ठाकुरसहित राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई साधारण सदस्यबाट समेत हटाएको जनाएका थिए।

त्यहिअनुसार, दुवै अध्यक्षले दल दर्ता किताबमा अद्यावधिक गर्न आग्रह गर्दै आयोगलाई पत्र पठाएका थिए।

बुधवर बसेको आयोगको बैठकले दुवै अध्यक्षले पठाएका पत्रको अध्ययन गरेको थियो। दुवैले पठाएका पत्र दलसम्बन्धी नियमावली अनुसार नभएको आयोग प्रवक्ता श्रेष्ठले बताए।

दुबै अध्यक्षलाई राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ अनुसारको ढाँचामा ल्याउन भनेका छौं, श्रेष्ठले भने।

सम्बन्धित समाचार

सबै