नेपाली कांग्रेसको महाधिवेशन भदौमा हुने : शेरबहादुर देउवा

0 Shares

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले भदौमा पार्टीको १४ औं महाधिवेशन हुने बताएका हुन् ।

कांग्रेसले भदौ ७ देखि १० सम्म महाधिबशन गर्ने गरी यसअघि नै निर्णय गरिसकेको थियो। तर कोरोना महामारीले क्रियाशील सदस्यता बितरणका काम सकिएको छैन।

अहिलेसम्म करिब आठ लाख क्रियाशील सदस्य पुगेका छन्। कांग्रेसले दस लाख क्रियाशील सदस्य बनाउने भनेको छ तर सिन्धुपाल्चोक लगायत जिल्लामा क्रियाशील सदस्यता बितरण नै भएको छैन।

यस्तो अवस्थामा पूर्वनिर्धारित समयमा महाधिवेशन हुन गाह्रो भएकोले बरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरूले सभापति देउवालाई महामारीकै बीचमा पनि महाधिवेशन गर्न ध्यानाकर्षण गराइरहेका छन्।

सभापति देउवाले आज प्रेस बिज्ञप्ति निकालेर भदौमै महाधिवेशन हुने भनेका छन्।

अैलेको विषय परिस्थितिमा पनि हामीले भदौमा पार्टीको महाधिवेशन सम्पन्न गर्नु परेको छ। म देशभरका साथीहरूलाई स्पष्टताका साथ भन्न चाहन्छु- भदौमा महाधिवेशन हुन्छ, शेरबहादुर देउवाले भनेका छन्।

शेरबहादुर देउवाले महाधिवेशनका लागि तयारी गर्नुपर्ने पनि उल्लेख गरेका छन्। उनले पार्टी महाधिवेशनलाई लिएर विवादित कुरा नगर्न पनि नेताहरूलाई आग्रह गरेकाे हो ।

सम्बन्धित समाचार

सबै