बजेट बढाउनुपर्ने माग गर्दै प्रदेश २ का विपक्षी दलका सांसदहरुले प्रदेश सभा बैठक अवरुद्ध

0 Shares

निर्वाचन क्षेत्रमा बिकासका लागि सांसदलाई दिइँदै आएको वजेट बढाउनु पर्ने माग गर्दै प्रदेश २ का बिपक्षी दलका सांसदहरुले प्रदेश सभा वैठक अबरुद्ध गरेका थिए  ।

बिपक्षी दलका सांसदहरुले यो माग राख्दै उभिएपछि सभामुख सरोज कुमार यादवले केहि बेरका लागि प्रदेश सभाको बैठक स्थगित गरेका थिए ।

मंगलवारको दोस्रो वैठक शुरु भए लगत्तै नेकपा एमालेका सांसद सुन्दर वहादुर बिकले सरकारी वजेट फ्रिज भइरहेको र सांसदको निर्वाचन क्षेत्र विकासका लागि दिइएको बजेटले पूरा काम भइरहेको बताए ।

मंगलवार बजेट प्रस्तुतिपछि आधा घण्टाका लागि स्थगित गरिएको वैठक शुरु हुँदा बिपक्षी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदले अबरुद्ध गरेका थिए ।

उनले यसवारेमा यसअघि नै सरकारसँग आग्रह गर्दै ध्यानाकर्षण गराएपनि निर्वाचन क्षेत्र बिकासका लागि वजेट नबढाइएको वताए ।सांसद बिकले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई २ करोड ५० लाख उपलब्ध गराउन माग गरे ।

बिकले राखेको प्रस्तावमा माओवादी केन्द्रका प्रमुख सचेतक दिलिप साहले पनि समर्थन जनाएका छन् ।

सम्बन्धित समाचार

सबै