प्रदेश २ का प्रमुख डा. राजेश अहिराजद्वारा आज सर्लाहीको अधिकांश सीमा क्षेत्रकाे स्थलगत निरीक्षण

0 Shares

प्रदेश २ प्रमुख माननीय डा. राजेश अहिराजले बाढी पहिरोबाट हुन सक्ने क्षति, सचेतनाको प्रयास, पुर्व तयारी , सिमाक्षेत्रका नागरिकहरुको समस्या बुझ्न आज सर्लाहीको अधिकांश सीमा क्षेत्रकाे स्थलगत निरीक्षण गरि जनताको पीडा नजिकैबाट बुझ्नु भएकाे छ। उहाँ सिमानाको अवस्था, सिमाक्षेत्रमा बसोबास गर्दै आएका नागरिकका समस्या, स्तम्भहरुको अबस्था र सिमा सुरक्षाको स्थितीबारे स्थलगत निरीक्षण गर्ने क्रममा सर्लाही जिल्ला स्थित सङ्ग्रामपुर, त्रिभुवन नगर, भाडसर, फेन्हारा र मधुबनी लगायतका स्थानहरुमा पुग्नुभएकाे हाे ।

सम्बन्धित समाचार

सबै