देउवाको सपथ समारोहमा एमाले अध्यक्ष ओली र जसपा अध्यक्ष महन्थ ठाकुर अनुउपस्थित

0 Shares

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष महन्थ ठाकुर अनुउपस्थित देखिएका थिए । 

पूर्वप्रधानमन्त्रीसहित शीर्ष नेताहरु सपथग्रहण समारोहमा पुगेपनि प्रधानमन्त्री ओली भने शीतलनिवास गएका छैनन् ।

ओलीनिकट स्रोतका अनुसार अघिल्लोपटक आफ्नो सपथ समारोहमा देउवासहित पूर्वप्रधानमन्त्रीहरु नगएको भन्दै ओली अनुपस्थित भएका थिए ।

संबिधानको धारा ३ बमोजिम केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथ लिँदा विपक्षी दलको नेता रहेका देउवासहित पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई अनुपस्थित थिए ।

सम्बन्धित समाचार

सबै