प्रधानमन्त्री देउवाले अफगानिस्तानमा रहेका नेपालीको तथ्यांक लिई उद्दारको लागि प्रबन्ध मिलाउन निर्देशन

0 Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको तथ्यांक लिई उद्दारको लागि प्रबन्ध मिलाउन  निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत अफगानिस्तानमा रहेका नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन निर्देशन दिएको जानकरी दिएका हुन् ।

देउवाले अफगानस्तानमा सुरक्षा र उद्दारको प्रतिक्षा गरीरहेका नेपालीलाई सुरक्षित साथ उद्दार गर्नु सरकारको दायित्व रहेको बताएका छन् ।

देउवाले अफगानिस्तानमा रहेका नेपालीको सजगता र गम्भीरतापूर्वक सरकारले जिम्मेवारी निभाउने स्पष्ट पारेका छन् । सरकारले दायित्वबोध गरी काम बढाइसकेको समेत बताए ।

उक्त कार्यका लागि आवश्यक समन्वय र अभिभावत्व देखाई नागरिकलाई आफ्नो देशमा सुरक्षित साथ र्फिता ल्याउनु यो सरकारको प्रमुख दायित्व हो । अफगानिस्तानमा हजारौं नेपालीहरु रोजगारीको सिलसिलामा पुगेका छन् । तर, तथ्यांक सरकारसँग छैन ।

अफगानिस्तानमा आइतबार तालिवानले शासनसत्ता कब्जा गरेपछि नेपालीहरुको उद्धारको विषय उठिरहँदा प्रधानमन्त्री देउवाको भनाई आएको हो ।

 

सम्बन्धित समाचार

सबै