भारतमा जस्तै नेपालमा पनि नयाँ भेरिएन्टको कोभिड–१९ संक्रमण

0 Shares

भारतमा जस्तै नेपालमा पनि कोरोनाभाइरसका उत्परिवर्तित प्रकारहरू देखा परेकाले जनस्वास्थमा जोखिम बढेको विज्ञहरूले बताएका छन्।

नेपालमा युरोपसहित विश्वका ५० भन्दा बढी देशमा फैलिएको यूके भेरिअन्ट र भारतमा पहिलोपटक पहिचान भएको डबल म्यूटन्ट भेरिअन्ट पहिचान भएका छन्।

तीव्र गतिमा भाइरस उत्परिवर्तन हुँदै जाँदा एक पटक सङ्क्रमित भइसकेपछि वा कोभिड-१९ विरुद्धको खोपबाट बन्ने प्रतिरोध क्षमतालाई तिनले छल्न सक्ने जोखिम भएको जनस्वास्थ्यविद्हरू बताउँछन्।

नयाँ स्वरूपका भाइरसहरू छिटो फैलिने मात्र नभई बढी सङ्क्रामक समेत भएको अध्ययनहरूले देखाएका छन्।

 

सम्बन्धित समाचार

सबै