0
Shares
जनकपुरः नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समिति धनुषाका शिक्षकहरु आन्दोलनमा उत्रेका छन् ।उक्त आन्दोलनमा उत्रेका शिक्षकहरुले शान्तिसुरक्षा कायम गर, दोषीलाई कारबाही गर जस्ता नारा लगाएका छन् ।
गत कात्तिक १२ गते शुक्रबारका दिन नियमित पठनपाठन नगराएको र अनावश्यक अतिरिक्त शुल्क असुल गरेको जस्ता अनावश्यक आरोप लगाउँदै प्राधानाध्यापक साहलाई विद्यालयअगाडि मोटरसाइकलमा बाहिरिँदै गर्दा विद्यार्थीहरुले कालोमोसो लगाएर चप्पलले हिर्काएपछि शिक्षकहरु आन्दोलनमा उत्रेका हुन् ।
अनावश्यक आरोप लगाएर आफुलाई दुव्र्यहार गर्नेलाई कारबाही र शान्ति सुरक्षाको ग्यारेण्टी नगरेसम्म आन्दोलन जारी राख्ने उनीहरुको भनाई छ ।