सेन्ट्रल जोन भलिबलको उपाधि नेपाललाई

0 Shares

काठमाडौं : नेपालले उज्वेकिस्तानमाथि सनसनी जित हासिल गर्दै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ ।

साविक विजेता समेत रहेको नेपालले मंगलबार भएको फाइनलमा उज्बेकिस्तानलाई ३–२ को सेटमा हराएको हो ।

बंगलादेशको ढाका मीरपूरस्थित शाहिद सूरवार्दी नेसनल इन्डोर रंगशालामा सम्पन्न फाइनलमा उज्वेकिस्तानले नेपालमाथि कठिन चुनौती पेस गरेको थियो ।

लिग चरणमा सोझो सेटको जित निकालेको नेपालले २६–२४, २४–२६, २५–१५, २२–२५ र १५–११ को सेटमा खेल जितेर लगातार दोस्रो पटक उपाधि उचालेको हो ।

नेपालले यसअघि सन् २०१९ मा सोही रंगशालामा आयोजित पहिलो संस्करणमा माल्दिभ्सलाई हराएर उपाधि उचालेको थियो ।

सम्बन्धित समाचार

सबै