स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आयोगले बोलायो सर्वदलीय बैठक

0 Shares

काठमाडौं: निर्वाचन आयोगले सर्बदलीय बैठक बोलाएको छ । राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न आयोगले शुक्रबार बिहान ११ बजेका लागि बैठक बोलाएको हो ।

प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बैठकमा राष्ट्रियसभा निर्वाचनलाई सफल बनाउन तथा स्थानीय तहको निर्वाचनको तयारीका बारेमा छलफल हुनेछ ।

उनले भने – ‘भोलिको बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानिय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा सर्वदलीय बैठकमा कुराकानी हुनेछ’

बैठकमा संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दललाई बोलाइएको छ ।

सम्बन्धित समाचार

सबै