लामो समय टिकेन भारतको दादागिरी: दशगजा क्षेत्रमा भारतले बनाएको सुरक्षा पोष्ट हटाइयो

0 Shares

विराटनगर । विराटनगरस्थित दशगजा क्षेत्रमा भारतले सीमा मिचेर बनाएको सुरक्षा पोष्ट हटाइएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अन्तराष्ट्रिय नियम विपरित सुरक्षा पोष्ट खडा गरेपछि स्थानीय प्रशासन र नेपालका सुरक्षा निकायको पहलमा हटाइएको हो ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले विराटनगर—१६ को दरैयास्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा सुरक्षापोष्ट खडा गरेको थियो । भातीय एसएसबीले दशगजामा सुरक्षा पोष्ट खडा गरेपछि सीमा क्षेत्रमै पुगेर निरिक्षण गरेका मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको पहलमा उक्त पोष्ट हटाउन लगाइएको हो ।

प्रमुख जिल्ला अधिकारी दाहालले भारतको अररीया जिल्लाका डिस्ट्रिक मेजेस्टे«डसँग टेलिफोन वार्ता गरी एसएसबीको सुरक्षा पोष्ट हटाउन आग्रह गरेका थिए ।

भारतीय पक्षले अन्तराष्ट्रिय सीमामा कूटनीतिक मर्यादा र अन्तर्राष्ट्रिय कानुनविपरीत दश्गज्जामै पोष्ट बनाएर एसएसबीलाई राखेपछि भारतीय पक्षको चौतार्फी विरोध भएको थियो ।

सम्बन्धित समाचार

सबै