देउवाका लागि प्रचण्ड घातक साबित हुनसक्ने !

0 Shares

काठमाडौँ: नेपाली काग्रेसका सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड सँगको पिरती महंगो पर्ने विश्लेषण हुन थालेको छ ।

केहि समय अघि नेकपा माओवादी केन्द्रको महाधिवेशनमा पुगेर देउवाले प्रचण्डको निकै बखान गरेका थिए । संघियता , गणतन्त्र लगायत पछिल्ला सबै परिर्वतन प्रचण्डकै कारण आएको सम्म भन्न भ्याएका देउवालाई अहिले पनि प्रचण्डकै रिमोटै कन्ट्रोलले संचालन गरिरहेको बताइएको छ ।

स्थानिय तहको निर्वाचन समयमै गर्न नदिएर चलखेल गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको भित्री डिजाइनको साझेदार देउवा पनि बने पछि उनको चौतर्फी आलोचना हुन थालेको छ । नेपाली काग्रेस पार्टी भित्रै बाट पनि देउवाको तिब्र आलोचना सुरु भएको छ ।

संविधानको छिद्र खोजेर बैशाखमा कुनै पनि हालतमा गर्नु पर्ने निर्वाचन नगर्नका लागी प्रचण्ड र माधव नेपालको डिजाइनमा देउवा पनि सहमत भएका छन् । ऐन संशोधन गरेर स्थानिय तहको निर्वाचनको मिती पर धकल्न देउवा पनि संलग्न भएका छन् । देउवाको कदमको काग्रेस भित्र चर्को आलोचना सुरु भएको छ ।

काग्रेसको शेखर कोइराला समूहले संगठित रुपमा देउवाले चालेको कदमको विरोध गरेको छ । शेखर कोइराला , गगन थापा लगायतका प्रभावशाली नेताहरुले वैशाखमानै स्थानिय तहको निर्वाचन हुुनै पर्ने दबाव बढाएका छन् । पार्टी भित्रै बाट आएको संगठित दबावलाई धान्न देउवालाई कठिन हुन सक्ने बताइन्छ ।

कोइराला समूहले बैशाखमानै स्थानिय तहको निर्वाचन गर्न मात्रै दबाव दिएको छैन प्रचण्ड र माधव कुमार नेपालहरु सँग गठबन्धन भंग गर्नु पर्ने आवाज उठाएको छ । गठबन्धन जारी राख्दा काग्रेसलाई गम्भिर धक्का लाग्ने भन्दै कोइराला समूहले देउवालाई मात्रै होइन प्रचण्ड र माधव नेपाललाई समेत तनाव थपिदिएको छ ।

सोमबार भएको शेखर पक्षको भर्चुअल बैठकमा पनि अधिकांशले वैशाखमा नै स्थानीय तहको चुनाव गर्नुपर्नेमा जोड दिएका थिए ।चुनाव सार्ने विषयमा छलफल गरिरहे पनि आफूहरूलाई कुनै जानकारी नदिइएको शेखरले बताएका थिए । पार्टी केन्द्रीय कार्यसमिति बैठक पनि नडाकी चुनाव जस्तो विषयमा एक्लाएक्लै छलफल चलाउँदै हिँडेको भन्दै कोइरालाले बैठकमा असन्तुष्टि जनाएका छन् ।

वैशाखमा नै चुनाव गराउने विषयमा पार्टीभित्र दबाब बढाउने उनले बताएका थिए । यसरी चुनाव लड्दा कांग्रेस एक्लै प्रतिस्पर्धामा जानुपर्ने उनको भनाइ छ ।
बैठकमा सहभागी भएका अन्य नेताहरू गगन थापा, अर्जुननरसिंह केसी, डा। मीनेन्द्र रिजालसहितले वैशाखमा नै स्थानीय तहको चुनाव गर्नुपर्ने जोड दिएका थिए ।

सम्बन्धित समाचार

सबै